भाटभटेनी सुपरमार्केटले झापाको दमकमा आफ्नो २७औँ स्टोर खोलेको छ।
योसँगै बुधबारदेखि सुपरमार्केट सञ्चालनमा आएको छ।
उक्त स्टोरमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ।
सञ्चालनको केही महिना ग्राहकले हरेक सामानमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बिहान साढे ७ बजेदेखि राति साढे ८ बजेसम्म सञ्चालन हुने उक्त स्टोरमा सिनेमा हल समेत रहने बताइएको छ।
441
Shares
प्रतिक्रिया