नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्था ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित अफर ल्याएको हो।
अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउने कम्पनीले जनाएको छ। २३ गतेदेखि लागू भएको अफर सीमित अवधिको लागि मात्र रहेको जनाइएको छ।
केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
24
Shares
प्रतिक्रिया