ad ad

कारोबार


आईएमई पेलाई ‘सिसा पीसीआई डीएसएस-४.0’ प्रमाणीकरण

आईएमई पेलाई ‘सिसा पीसीआई डीएसएस-४.0’ प्रमाणीकरण

नेपालखबर
साउन २४, २०८१ बिहिबार १७:३४, काठमाडौँ

आईएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पीसीआई डीएसएस-४.०"  प्रमाणीकरण प्राप्त गरेको छ। 

यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ।

स्थापनाकालदेखि नै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो। 

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको छ। 

आईएमई पेले अन्तर्राष्ट्रय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .