ad ad

कारोबार


भारतमा बजेटपछि सुनको मूल्य झण्डै ४ हजार घट्यो

भारतमा बजेटपछि सुनको मूल्य झण्डै ४ हजार घट्यो

नेपालखबर
साउन ९, २०८१ बुधबार २०:३२, काठमाडौँ

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गर्दा बहुमूल्य खनिजको आयात शुल्क १५ बाट ६ प्रतिशतमा झारेको घोषणा गरेकी थिइन्।

यसपछि भारतीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।

बजेट प्रस्तुत भएसँगै स्थानीय बजारमा सुनको भाउ झन्डै ४ हजार रुपैयाँ घटेको मल्टी कमोडिटी एक्सचेन्जले जनाएको छ।

आयात शुल्क घटाउँदा यस्ता बहुमूल्य धातुको आयात बढ्ने र मूल्य घट्ने बजार व्यवसायी बताउँछन्। फलस्वरूप आन्तरिक बजारमा गहनाको माग बढ्नसक्छ।

बुधबार सुनको भाउ प्रति १० ग्राम ७२ हजार ८ सय ३८ भारुबाट झण्डै ४ हजार भारु घटेर ६८ हजार ७ सय ५१ भारु पुगेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .