सुनको मूल्य बुधबार एकैदिन २ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो।
त्यस्तै तेजाबी सुन पनि १ लाख १० हजार ४ सय ५० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार दुवै सुन क्रमशः १ लाख ९ हजार र १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ।
योसँगै चाँदी तोलामा १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
57
Shares
प्रतिक्रिया