सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ।
बिहीबारभन्दा ७ सय रुपैयाँले बढेपछि शुक्रबार फेरि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
यसअनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदी भने ५ रुपैयाँ सस्तो भएर १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको छ।
बिहीबार छापावाल सुन १ लाख ३८ हजार ६ सय र तेजाबी सुन १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
उता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढिरहेको छ। आज २ हजार ३ सय ८२ प्रतिऔँस डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
त्यस्तै चाँदी प्रतिऔँस २८ अमेरिकी डलरमा कारोबार भएको छ।
2.1k
Shares
प्रतिक्रिया