ad ad

कारोबार


निर्माण थालिएको ७ वर्षमा पनि पूरा भएन हापुरखोलाको पुल

निर्माण थालिएको ७ वर्षमा पनि पूरा भएन हापुरखोलाको पुल

हापुरखोलामा निर्माणाधीन पुल। तस्बिर : रासस


नेपालखबर
बैशाख ५, २०८० मंगलबार ८:२०, दाङ

दाङको तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सुरु भएको झन्डै ७ वर्ष भयो। तर अझै त्यो पुल निर्माणको काम आधामात्रै भएको छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भइरहेको छ। 

विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन  निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक रु १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीय अहिले निराश भएका छन्। ‘निर्माण सुरु भएको सात वर्ष भयो”, उनले भने, ‘तर अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो।’

सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थपिरहेको छ। यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियारले बताए। ‘वर्षात्‌मा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन”, उनले गुनासो गरे। 

पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन्। वडा कार्यालय पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गरिएको तुलसीपुर–१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए। 

हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ। तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विके लाखेले बताए। पुल निर्माणका लागि पटक–पटक स्थानीयले दबाब दिने गरेका छन्। तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .