सेयरबजारमा शुक्रबार २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २१३ कम्पनीको ६४ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको हो।
दिउँसो १ बजेसम्म भएको कारोबारमा ४० हजार ४ सय २४ पटक किनबेच भएको थियो।
नेप्सेका अनुसार कुल १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक बाँकी उपसूचकहरु राताम्य भएको छ। साताको अन्तिम कारोबार दिन २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ।
आज लगानीकर्ताले ५.९१ प्रतिशतसम्म आम्दानी गरेका छन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले उक्त प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै आज लगानीकर्ताले ७.१८ प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १५ करोडको सेयर खरिदबिक्री भएको हो।
33
Shares
प्रतिक्रिया