ad ad

कारोबार


६ वर्षभित्र ट्विटरको आम्दानी २१ अर्ब डलर बढाउन चाहन्छन् इलोन मस्क

६ वर्षभित्र ट्विटरको आम्दानी २१ अर्ब डलर बढाउन चाहन्छन् इलोन मस्क

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १३:११, काठमाडौँ

संसारकै धनाढ्य इलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको आम्दानी ह्वात्तै बढाउने महत्वाकांक्षी लक्ष्य राखेका छन्। 

भर्खरै ट्विटर किन्ने निश्चित गरेका मस्कले छ वर्षभित्र २१ अर्ब डलर आय बढाउने महत्वाकांक्षी लक्ष्य राखेको न्युयोर्क टाइम्सले जनाएको छ। 

गत वर्ष ट्विटरले पाँच अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । मस्कले यसलाई सन् २०२८ सम्ममा २६ अर्ब ४० करोड डलर पुर्‍याउन चाहेका हुन् । मस्कले आफ्नो योजना लगानीकर्तासामु पेस गरेको टाइम्सले जनाएको छ । 

मस्कले ट्विटर लिएपछि यसको कुलमध्ये ५५ प्रतिशत विज्ञापन घटेर ४५ प्रतिशत कायम हुनेछ । जुन सन् २०२० को भन्दा निकै कम हुनेछ । उक्त वर्षभन्दा ९० प्रतिशत हाराहारीले कम भएको बताइएको छ । सन् २०२८ मा आय १२ अर्ब डलर हुँदा सब्सक्रिप्सनबाट अरु १० अर्ब आउने आशा गरिएको टाइम्सले जनाएको छ ।

विद्युतीय कार निर्माता टेस्लाका प्रमुख मस्कले सन् २०२५ सम्ममा रकम प्रवाह तीन अर्ब २० करोड डलर पु(याउने लक्ष्य राखेका छन् । यही रकम सन् २०२८ मा नौ अर्ब ४० करोड डलर पु¥याउने उनको लक्ष्य छ । गत महिना मस्कले ट्विटर ४४ अर्ब डलर गनेर किन्ने निर्णय गरेका थिए । 

योसँगै दशौँ लाख प्रयोगकर्ता र विश्वका ठूला व्यक्तिहरुको प्लेटफर्म मस्कको नियन्त्रणमा हुनेछ । मस्कले ट्विटरको प्रयोगकर्ता समेत बढाउने प्रतिबद्धता जनाएका छन् । उनले स्पाम बट्स हटाउने र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण नगर्ने जनाएका छन् । पूर्णरुपले ट्विटर आफ्नो स्वामित्वमा आएपछि उनी अस्थायी रुपमा ट्विटरको सीईओ अर्थात् प्रमुख कार्यकारी अधिकृत बन्नेछन् ।

मस्कले अर्को वर्ष ट्विटरले भुक्तानीबाट डेढ करोड डलर आम्दानी गर्ने आशा गरेका छन् । जुन सन् २०२८ मा एक अर्ब ३० करोड डलर पु(याउने उनको आशा छ । टाइम्सले लगानीकर्तासामु मस्कले पेस गरेको कागजातका आधारमा आयसम्बन्धी उनको महत्वाकांक्षाको खुलासा गरेको हो । 

मस्कको अनुमानमा सन् २०२८ मा औसत प्रतिव्यक्तिबाट ३०.२२ अमेरिकी डलर आय गर्ने बताएका छन् । गत वर्ष यस्तो आय २४.८३ डलर थियो । उनका अनुसार सन् २०२५ सम्ममा ट्विटरका कर्मचारी ११ हजार ७२ पुग्नेछ । अहिले ट्विटरमा सात हजार पाँच सय हाराहारीमा छ ।

गत बिहीबार मस्कले ट्विटरमा लगानी गर्न इच्छुक धनाढ्य समूहसामु आफ्नो योजना प्रस्तुत गरेका थिए । अहिले नै यो समूहले सात अर्ब १४ करोड डलर लगानी गर्न तयार छन् । यो समूहमा ओरेकलका सहसंस्थापक ल्यारी एलिसन र सिक्योआ क्यापिटल पनि छन् । मस्कले ट्विटरमा लगानी प्रतिबद्धता १९ लगानीकर्ताबाट २७ अर्ब २५ करोड डलर पु(याएका छन् । 

टेस्लामा पनि सेयर लगानीकर्ता रहेको मोर्गान स्ट्यान्लेले गर्ने लगानी प्रतिबद्धता भने घटाएर छ अर्ब २५ करोड डलर पु(याएका छन् । यसअघि नै उनले १३ अर्ब डलरको ऋण प्रतिबद्धता प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .