एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकामा सञ्चालित सडक निर्माण कार्यक्रम २ वर्षका लागि थप गर्ने प्रतिवद्धता जनाएको छ।
एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सडक निर्माण कार्यक्रमको अवधि थप गर्ने प्रतिवद्धता जनाएको नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले बताएकी छन्।
कौकोइसले कांग्रेस नेतृ राणा, सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलगायतसँगको भेटमा यस्तो प्रतिवद्धता जनाएका हुन्।
एडीबीले सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरूमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ।
सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्ने पनि एडीबीले बताएको जानकारी नेतृ राणाले दिएकी छन्।
बिहीबार एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडसँगको भेटमा राणासँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह, प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहभागी थिए।
Shares
प्रतिक्रिया