ad ad

कला


बंगलादेशमा दुई नेपाली फिल्मलाई अवार्ड

बंगलादेशमा दुई  नेपाली फिल्मलाई अवार्ड

नेपालखबर
माघ १०, २०७८ सोमबार १३:४२, काठमाडौँ

बंगलादेशको राजधानी ढाकामा सम्पन्न ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली फिल्मले अवार्ड उचालेका छन्। आइतबार सम्पन्न २० औँ संस्करणका अवार्ड समारोहमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड उचालेका हुन्। 

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र किरण पोखरेलको ‘पुतलीको सपना’ले अवार्ड जितेका हुन्। ‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा निर्माणाधिन ‘पुतलीको सपना’ले  स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार हात पारेको हो।

१७ विधाको अवार्ड वितरण भएको समारोहमा एसियन सिनेमा विधाको प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिएका हुन्। यही विधामा उत्कृष्ट फिल्मको अवार्ड भने भारतबाट सिफारिस भएको तमिल फिल्म ‘पेब्बल्स’ले जितेको छ।

अवार्ड  समारोहमा भाग लिन ढाका पुगेका किरण पोखरेल र सुजित बिडारी भने कार्यक्रममा सहभागी हुन पाएनन्। उनीहरु दुवै कोरोना संक्रमणका कारण होटलमा आइसोलेटेट भएका बसेका छन्। उनीहरुले कोरोना मुक्त भएपछि नेपाल फर्किने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .