ad ad

खेल


शोएब अख्तर भन्छन् : विराटको ठाउँमा म भएको भए कहिले बिहे गर्दिनथेँ

शोएब अख्तर भन्छन् : विराटको ठाउँमा म भएको भए कहिले बिहे गर्दिनथेँ

नेपालखबर
माघ १०, २०७८ सोमबार १३:३५, काठमाडौँ

विराट कोहली क्रिकेटका तीनै फर्म्याटको कप्तानीबाट हटेपछि पाकिस्तानी दिग्गज क्रिकेटर शेएब अख्तरले रोचक प्रतिक्रिया दिएका छन्।

विराट र भारतीय क्रिकेट कन्ट्रोल बोर्डबीचको सम्बन्धलाई लिएर प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व खेलाडी अख्तरले निश्चितरुपमा प्रदर्शनको दबाब परेको हुन सक्ने बताएका छन्। 

विराट कोहली र चयन समितिको निर्णयबारे आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले भने, 'म चाहन्थेँ, १२० सेन्चुरी बनाइसकेपछि उनले बिहे गरुन्।'

उनले यदि आफू भारतमा रहेर आफ्नो चर्चा र उचाई विराट कोहलीको जस्तै हुन्थ्यो भने कहिले बिहे पनि नगर्ने सुनाए। 'म आफ्नो जिम्मेवारीलाई कहिले बढ्न दिने थिइनँ', उनले भनेका छन्।

तर उनले बिहे गर्नु विराटको निजी निर्णय भन्दै त्यसको सम्मान पनि गरेका छन्। 

विराट कोहलीले केही दिनअघि टेस्ट टिमको कप्तानी पनि छाडिदिएका छन्। 

विराट कोहलीको यस घोषणा करिब एक महिनाअघि भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्ध वान डे सिरिजका क्रममा पनि वान डेको कप्तानीबाट हटाइदिएको थियो। 

यसअघि टी-२० विश्वकपपछि उनले टी-२० फर्म्याटको कप्तानी छोड्ने निर्णय लिएका थिए। यसबीच उनी र बोर्डबीच गतिरोध र सबै कुरा ठीकठाक नरहेको कुरा पनि आइरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .