अहिले नेपाली फिल्म उद्योगमा चलचित्र विकास बोर्डको अध्यक्ष को बन्छ भन्ने कुराले निक्कै प्राथमिकता पाएको छ।
बोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएका छन्। सबैले आफ्नै हिसाबले लबिङ गरिरहेका छन्।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त बोर्ड अध्यक्षका लागि सुशील पोख्रेल, भुवन केसी, मनिष पण्डित, सुष्मा कार्की लगायतले आवेदन दिएका छन्। तीमध्ये भुवन केसीको सम्भावना धेरै रहेको चर्चा चलचित्र बजारमा सुरु भएको छ।
मन्त्रिपरिषदले आवेदकमध्ये एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवासँग लबिङ गर्दै अध्यक्षका लागि आवेदन दिएका थिए। उनलाई प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको पनि समर्थन छ।
भुवनले सरकारले आफूलाई जिम्मेवारी दिएका खण्डमा बोर्डमा रहेर काम गर्न तयार रहेको बताउने गरेका छन्।
फिल्म क्षेत्रमा आफूले बिताएको लामो समयले धेरै कुरा सिकाएको र सिकेका कुरा फिल्म क्षेत्रको हितमा लागू गर्ने बताउने भुवन सरकारको पहिलो प्राथमिकतामा आफू परेको कुरा भने स्वीकार गर्दैनन्। भन्छन्, ‘सरकारले कसलाई नियुक्त गर्छ अहिले नै भन्न सकिँदैन।’
Shares
प्रतिक्रिया