ad ad

कला


जहाँ क्रुजर मोटरसाइकल चढेर लद्दाख यात्रामा सलमान खान (भिडिओ)

जहाँ क्रुजर मोटरसाइकल चढेर लद्दाख यात्रामा सलमान खान (भिडिओ)

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ७:४३, काठमाडौँ

बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीकी जान’को औपचारिक घोषणा गरिएको छ।

सलमानले आफ्नो ३४ वर्षे बलिउड यात्रा पूरा भएको अवसरमा यो फिल्मको मौखिक घोषणा गरेका थिए। यसको १० दिनपछि सलमानले फिल्मको आधिकारिक टाइटल लोगो र टिजर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेका हुन्। 

सार्वजनिक टिजरमा सलमान लामो कपालमा देखिएका छन्। फरहाद सामजीले निर्देशन गर्ने यो फिल्ममा विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीले अभिनय गर्नेछन्। फिल्म निर्माणमा सलमानसँग साजिद नाडियाडवालाले सहकार्य गर्नेछन्। 

सार्वजनिक टिजरले फिल्ममा सलमानले निर्वाह गर्ने चरित्रको झलक दिएको छ। उनी लामो कपालमा क्रुजर मोटरसाइकलमा चढेर लद्दाख क्षेत्रको यात्रा गरिरहेका देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .