चर्चित कमेडियन हिमेश पन्तलाई पनि राजनीति लागेको छ। पहिलो कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उठ्ने भएका हुन्।
उनी गृहजिल्ला धादिङबाट प्रतिनिधि सभाको उम्मेदवार बन्न लागेका हुन्। पन्तलाई उनलाई रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ धादिङ क्षेत्र नम्बर १ बाट उनी उठ्ने पक्का भएको हो।
पछिल्लो समय कमेडियनहरु राजनीतिमा जोडिइरहेका छन्। कुमार कट्टेल, अर्जुन घिमिरे, मधुसुदन पाठकहरु पनि राजनीतिमा जोडिएका छन्।
कट्टेलले झापा ५ र पाठकले काठमाडौं ५ बाट उठ्ने बताएका छन्। अन्य कलाकारहरु पनि सांसदको लोभमा राजनीतिमा उत्रिन थालेका छन्।
123
Shares
प्रतिक्रिया