ad ad

कला


फिल्मको प्रचारमा टिकटककै साहरा

फिल्मको प्रचारमा टिकटककै साहरा

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार ७:३८, काठमाडौँ

पछिल्लो समय फिल्म तथा म्युजिक भिडिओका प्रचार टिकटक केन्द्रित बन्दै गएका छन्। फिल्म ‘तिम्रो मेरो साथ’ले पनि प्रचारमा टिकटकको सहारा लिने भएको छ।

फिल्म युनिटले फिल्मको गीतमा टिकटक बनाउनेलाई २५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ। 

आउँदो पुस २९ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्ममा साम्राज्ञी शाह तथा पुष्प खड्काले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म निर्माण युनिटले टिकटक भिडिओ प्रतियोगिता आह्वान गरेको छ। 

निर्माता रमेश एमके पौडेलले निर्देशन गरेको फिल्मको ‘रुमालै बाटेर टाए बनाम’ बोलको गीतमा टिकटक प्रतियोगिता घोषणा गरिएको हो। पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। 

प्रतियोगीतामा सहभागी हुन टिकटक प्रयोगकर्ताले प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीनवटा ह्यास ट्याग प्रयोग गरेर भिडिओ बनाउनुपर्नेछ। सहभागीहरुले #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यास ट्याग प्रयोग गर्नुपर्नेछ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडिओलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्ने फिल्म निर्माण टिमले जनाएको छ। पुरस्कार घोषणा भने पुस २६ गते गरिने छ। 

प्रतियोगीता घोषणा गरिएको गीत वि. पाण्डेले लेखेका हुन्। सुभाष भुषालले संगीत गरेको गीत मेलिना राई र जगदिश समालले गाएका छन्।

फिल्ममा पुष्प र साम्रात्रीकाका साथमा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार शिर्ष भूमिकामा देखिनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .