ad ad

कला


काटिने भयो पठानका १० दृश्य र केही संवाद

काटिने भयो पठानका १० दृश्य र केही संवाद

पठानको एक दृश्य


नेपालखबर
पुस २१, २०७९ बिहिबार १२:१२, काठमाडौँ

शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ रिलिजअघि नै विवादमा फसेको छ। बढ्दो विवादलाई ध्यानमा राख्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले नयाँ निर्णय गरेको छ। बोर्डले फिल्मका १० दृश्य परिवर्तन गर्न भनेको  छ। 

यसका साथै केही संवाद पनि बदल्न भनिएको छ। फिल्मको टिजर र गीत रिलिज भएसँगै विवाद भइरहेको थियो। फिल्मको ‘बेशरम रंग’बोलको गीतमा आपत्ति जनाएका छन्। केहीले भने दीपिका पादुकोणको बिकिनीको रंगप्रति आपत्ति जनाएका छन्। यी विवादका कारण सेन्ट्रल बोर्डले यस्तो निर्णय गरेको हो। 

पठानको गीत ‘बेशरम रंग’ रिलिज भएदेखि नै समस्यामा परेको छ। यसमा शाहरुख खान र दीपिका पादुकोणले निकै बोल्ड सिन दिएका छन्। गीतमा दीपिकाले बोल्ड भगवा लुगा लगाएकी छन्। जसका कारण फिल्मको विरोध सुरु भएको थियो। 

शाहरुख खान ‘पठान’मार्फत करिब चार वर्षपछि ठूलो पर्दामा फर्किंदै छन्। शाहरुख यसअघि २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए। लिडका रूपमा उनी पठानबाट कमब्याक गर्न लागेका हुन्। 

२५० करोडमा निर्माण भएको भनिएको यो फिल्मको मिडिया अधिकार १०० करोडमा बिक्री भएको जनाइएको छ। यो फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा छन्। फिल्म सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। यो फिल्म जनवरी २५ मा रिलिज हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .