विराटनगर विमानस्थलमा नयाँ अत्याधुनिक टर्मिनल भवन बन्ने भएको छ।
नयाँ टर्मिनल भवनको संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले एक कार्यक्रमबीच सोमबार उद्घाटन गरेका छन्।
कुल २ अर्ब ४२ करोडको लागतमा बन्ने टर्मिनल भवन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनभन्दा ठूलो हुने नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्गमिटरको छ। विराटनगर विमानस्थलको टर्मिनल भवन १६ हजार २१८ वर्गमिटर हुनेछ।
नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख रिन्जी शेर्पाका अनुसार तीन वर्षमा तयार हुने टर्मिनल भवनमा १७ टिकट घर, २४ पसल, ४ रेष्टुरेन्ट, एक मिडिया हल, तीनवटा भीआईपी रुमसहित धेरै यात्रु अटाउने क्षमता रहनेछ।
संस्कृति मन्त्री किरातीले यो टर्मिनल भवन यस क्षेत्रको पर्यटन विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यत्त गरे।
उनले समयमा नै टिर्मिनल भवन निर्माणसगै यसको गुण्स्तरणमा कुनै सम्झौता नहुनेपनि बताए। हालको टर्मिनल भवन २०२५ सालमा निर्माण भएको थियो।
सरकारले बजेट अभाव देखाउदै विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्टिय विमान विस्तारका लागि रोक्का राखेको स्थानीयको जग्गा फुकुवा गरेको थियो।
विमानस्थल विस्तारका लागि अधिग्रहण गर्ने भनेर बेचबिखन रोक्का गरिएको १ सय २६ बिघा जग्गा गएको भदैमा शेरबहादुर देउवा नेतृत्वको सरकारले फुकुवा गर्ने निर्णय गरेको थियो।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विमानस्थल विस्तार गर्ने भन्दै जग्गा रोक्का राखिएको थियो। सरकारले मुआब्जा वितरणका लागि बजेट व्यवस्था नगरेपछि स्थानीय बासिन्दा आन्दोलित हुँदै आएका थिए।
नागरिक उड्डयन प्राधिकरणसँग पैसा नभएकाले विमानस्थल विस्तारको प्रक्रिया तत्कालका लागि रोकिएको जनाएको थियो ।
विमानस्थल बिस्तारका लागि १ सय २६ बिघा जग्गा अधिग्रहण गर्ने योजनासहित स्थानीयको जग्गा रोक्का गरिएको थियो।
जग्गाको बजार मूल्य मूल्यांकन गर्दा मुआब्जा वितरणमै मात्र करिब १७ अर्ब रुपैयाँ लागत लाग्ने देखिएको थियो।
तत्कालका लागि प्राधिकरणले हाल रहेको १५ सय मिटरको धावनमार्गलाई अहिलेकै जग्गामा थप अढाइ सय मिटर विस्तार गर्ने योजना रहेको थियो।
प्राधिकरणले चार वर्षअगाडि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना अगाडि सारेको थियो।
त्यतिखेर सरकारले विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि योजना अघि बढाएको थियो।
त्यतिखेर विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले १ अर्ब ३५ करोड बजेट नै विनियोजन गरिएको थियो।
प्राधिकरणले यो योजना अन्तर्गत धावनमार्गलाई कम्तीमा २ हजार ५०० मिटरमा विस्तार गर्ने योजना बनाएको थियो।
त्यही प्रयोजनका लागि मन्त्रिपरिषद्ले २७ कात्तिक २०७७ मा विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो।
हाल विराटनगर विमानस्थलबाट दैनिक १४ वटा उडान हुँदै आएका छन्।
प्रतिक्रिया