ad ad

कला


पिँजडाको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेकी सुरक्षा पन्त

पिँजडाको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेकी सुरक्षा पन्त

नेपालखबर
फागुन २, २०७९ मंगलबार ९:१७, काठमाडौँ

अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘बहाव’को पहिलो पोस्टर सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक पोस्टरमा सुरक्षा पिँजडा भित्रको सुँगासँग देखिएकी छिन्। 

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षासँग कलाकार कमलमणि नेपालले स्क्रिन शेयर गरेका छन्। 

आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको कथा प्रमोद कँडेलले लेखेका हुन्। 

फिल्म निर्देशन पनि प्रमोदले नै गरेका छन्। सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी अभिनेत्रीको छेउमै ऐना देखिन्छ। ऐनामा नहेरी सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेकी सुरक्षाको पोस्टर हेरेर फिल्मको कथा आँकलन गर्न सकिन्छ।

फिल्मले नयाँ खालको बिद्रोह गर्ने निर्देशक प्रमोदले बताएका छन्। सुरक्षा मार्फत फिल्मको थिम प्रस्तुत गरिएको उनको भनाई छ। एउटा मान्छेको जीवनमा आउने उतारचढावले जीवनमा आउने समस्या र त्यसलाई सन्तुलनमा राख्न गरिने संघर्ष फिल्ममा देखाईने निर्देशकले बताए। 

फिल्ममा श्रीधर पौडेलले लगानी गरेका छन्।  फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .