ad ad

कला


तमन्ना भन्छिन्– प्रेमको खण्डन गर्न जरुरी छैन

तमन्ना भन्छिन्– प्रेमको खण्डन गर्न जरुरी छैन

नेपालखबर
फागुन २९, २०७९ सोमबार १०:२६, काठमाडौँ

बलिउड बजारमा अहिले अभिनेत्री तमन्ना भटियाको प्रेम चर्चा छ। तमन्ना र अभिनेता विजय बर्माको प्रेम चर्चा सुरु भएको हो। नयाँ वर्षको पार्टीमा सँगै देखिएका तमन्ना र विजय एकअर्कालाई चुम्बन गरेको भिडिओ भाइरल भएको थियो। 

सम्बन्धको चर्चाकैबीच विजयले इन्स्टाग्राम स्टोरीमा भ्यालेन्टाइन्स डेमा तमन्नासँगको फोटो सेयर गरेका थिए। त्यसपछि यो हल्ला झनै चर्किएको थियो। सम्बन्धको चर्चाका विषयमा केही नबोलेकी अभिनेत्री तमन्नाले बल्ल प्रतिक्रिया दिएकी छन्।

उनले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै आफूले विजयसँग फिल्ममा काम गरिरहेकाले यस्ता हल्ला आउनुलाई स्वाभाविक भनेकी छन्। तमन्नाले प्रेमको हल्लाको खण्डन गर्नु जरुरी नभएको पनि बताएकी छन्। तमन्नाले विवाहबारे भइरहेका अफवाहविरुद्ध पनि बोलेकी छन्। यसअघि उनी एक व्यापारीसँग विवाह बन्धनमा बाँधिएको खबर आएको थियो। 

यो विषयमा तमन्नाले भनिन्, ‘मलाई थाहा छैन, किन यस्तो हुन्छ, तर केटीहरूले विवाह गर्नुअघि धेरैपटक विवाह गर्छन्। बारम्बार मान्छेले मेरो विवाह डाक्टर वा व्यापारीसँग गराइरहन्छन्।’

यस्तै हल्लाले आफूले धेरैपटक विवाह गरेको महसुस भएको तमन्नाले बताएकी छन्। 

विजय र तमन्ना धेरैपटक सँगै देखिएका छन् र उनीहरु एकअर्कामा खुसी पनि छन्। यी दुईको पहिलो भेट सुजोय घोषको फिल्मको सेटमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .