गायक प्रकाश सपूतले ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत भिडिओसहित युट्युबमा सार्वजनिक गरेका छन्।
बिहीबार दिउँसो उनले गीतको भिडिओ युट्युबमा सार्वजनिक गरेका हुन्। यसअघि उनले यो गीत गत मंगलबार डिस होमको एपमा सार्वजनिक गरेका थिए।
गीतमा शब्द, लय र स्वर प्रकाशकै छ। साथमा बर्ता गन्धर्वको पनि स्वर छ। गीतमा संगीत संयोजन सुदीप सागरको छ।
आफ्नै कथा एवं निर्देशनमा तयार भिडिओमा प्रकाश आफैँले अभिनय गरेका छन्। साथमा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायत छन्।
गीतको भिडिओमा उनले राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा प्रस्तुत गरेका छन्। गरिबी र रहरले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भन्ने सन्देश गीतमा छ।
नवराज उप्रेतीले छायांकन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।
भिडिओ युट्युबमा सार्वजनिक गर्दै प्रकाशले लेखेका छन्, ‘फूलमायादेखि सकम्बरीसम्मको यात्राको समीक्षा गर्ने जिम्मा तपाईंको। उनि कति सही र कति गलत छिन्? तपाईं हाम्रो दृष्टिकोण कति सही छ र कति गलत छ? त्यो विश्लेषण गर्ने जिम्मा पनि तपाईंको।’
Shares
प्रतिक्रिया