ad ad

कला


‘सकम्बरी’बारे प्रकाश सपुतको जवाफ...

‘सकम्बरी’बारे प्रकाश सपुतको जवाफ...

प्रकाश सपुत


नेपालखबर
बैशाख ६, २०८० बुधबार १२:११, काठमाडौँ

प्रकाश सपुतको भर्खरै सार्वजनिक ‘सकम्बरी’ गीतले यतिबेला नेपाली समाजलाई पक्ष र विपक्षमा विभाजन गरेको छ। एउटा पक्षले गीतले महिलाविरुद्ध नकारात्मक सन्देश फैलाएको भन्दै तीव्र आलोचना गरिरहेको छ भने अर्का पक्ष गीतले समाजको एउटा यथार्थ पाटोलाई सतहमा ल्याइदिएको भनी सपुतका पक्षमा बोलिरहेको छ। 

तर सपुत स्वयं भने यस विषयमा अहिलेसम्म करिब–करिब मौन देखिन्छन्। अर्थात् यस विषयमा उनले अहिलेसम्म कुनै औपचारिक वक्तव्य जारी गरेका छैनन्। बरु उनले आफ्ना पक्षमा अरूले लेखेका लेखको सहारा लिएका छन्। 

उनले आज आफ्नो फेसबुकमा कान्तिपुरमा प्रकाशित नीलम शर्माको ‘एउटा गीतको समाजशास्त्र’ र नारायणी देवकोटाको ‘कसको कथा?’ शीर्षक लेख सेयर गरेका छन्।

शर्माको लेखमा मानव बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत संस्था शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले भनेकी छन्– ‘प्रकाश सपुतको गीतले भुसको आगोजस्तो समाजमा सल्किरहेको समस्यालाई सतहमा ल्याएको छ।’

यस्तै देवकोटाको लेखमा भनिएको छ– आम मानिसलाई आफूले भोगेको सत्यचाहिँ सत्य हो र अरूले भोगेको सत्य अर्थोकै हो भन्ने लाग्छ। अरूले भोगेको सत्य पनि सत्य नै हो भन्नेचाहिँ हामी हमेसा बिर्सन्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .