गायक तथा संगीतकार उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ।
लक्ष्मी थापाको शब्द र लाबोनीप्रमोदको सङ्गीत रहेको यात्रा शनिबार सार्वजनिक भएको हो ।
गीतमा सुरुसँग अन्त्य भएको अधूरो प्रेमकहानी प्रस्तुत गरिएको छ। प्रेमिकासँगको बिछोडपछि जिन्दगीका अनेकौँ सपनाको यात्रा पनि मोडिएको र त्यसको कारण आफ्नी प्रेमिकालाई मान्दै गीतमार्फत गुनासो गरेका छन् ।
गीतको भिडियोमा गायक स्वयम फिचर्ड छन् भने गीतकार लक्ष्मी थापालाई पनि देख्न सकिन्छ।
चर्चित सङ्गीतकार तथा गिटारिस्ट सचिन सिंहले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । दिल साकीले रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
त्यसैगरी भिडियोसम्बन्धी सम्पूर्ण काम दिपेश गिरीले गरेका हुन् । गीत 'उमेश राउत' युट्युब च्यानलसँगै विभिन्न डिजिटल प्लाटफर्ममा हेर्न र सुन्न सकिन्छ ।
भिडियो :
Shares
प्रतिक्रिया