ad ad

कला


प्रमोद रेग्मीको गजल ‘सजायौ तिमीले’मा शिव परियारको स्वर (भिडिओ)

प्रमोद रेग्मीको गजल ‘सजायौ तिमीले’मा शिव परियारको स्वर (भिडिओ)

नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:८, काठमाडौँ

सर्जक प्रमोद रेग्मीको ‘सजायौ तिमीले’ गजल भिडिओसहित सार्वजनिक भएको छ। 

नयाँ वर्षको अवसर पारेर ल्याइएको गजल जीएमपी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

गजलमा प्रमोद रेग्मीको शब्द रचना, रामकुमार रिमालको सङ्गीत छ। उक्त गजलमा सुप्रसिद्ध गायक शिव परियारले स्वर दिएका छन् भने मिक्सिङ महेश्वर मान राज भण्डारीले गरेका छन्। 

उक्त गजलको म्युजिक भिडियोमा मुख्य अभिनय गौरव हमाल एवं अलिसा बास्तोलाको रहेको छ भने, विजय कार्कीको पनि अभिनय रहेको छ। 

‘सजायौ तिमीले’ बोलको गजल रिलिज भएसँगै गजलका लेखक रेग्मीले सबै श्रोता एवं दर्शकको माया पाउने अपेक्षा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .