ad ad

कला


आमिरको हातमा सलमानको ब्रासलेट, उपहार दिएका हुन्?

आमिरको हातमा सलमानको ब्रासलेट, उपहार दिएका हुन्?

नेपालखबर
बैशाख १०, २०८० आइतबार १५:१७, काठमाडौँ

आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भए। यस क्रममा सलमानको लक्की चार्म अर्थात् ब्रासलेट आमिरको हातमा देखियो। नीलो स्टोन भएको जुन ब्रासलेट सलमानले वर्षौंदेखि लगाइरहेका थिए। आमिरको यो भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

यो इदमा सलमानको हातमा लक्की ब्रासलेट देखिएन
आमिरको हातमा रहेको यो ब्रासलेट देखेपछि सलमान खानले आमिरलाई आफ्नो लक्की ब्रासलेट उपहार दिएको हुन सक्ने अनुमान गरिएको छ। यस्तो अनुमान किन पनि भइरहेको छ भने सलमान यस ईदमा आफ्नो ग्यालेक्सी अपार्टमेन्टबाट बाहिर निस्किँदा उनको हातमा उक्त ब्रासलेट थिएन। 

आमिरको हातमा ब्रासलेट देखेपछि फ्यानका प्रतिक्रिया 
आमिरको हातमा ब्रासलेट भएको भिडिओ सार्वजनिक भएपछि फ्यानहरूले कडा प्रतिक्रिया दिइरहेका छन्। एकजनाले कमेन्टमा लेखेका छन्– सलमान भाइको ब्रासलेट आमिर भाइले हिजोदेखि लगाएका छन्, आज पनि भाइ बालकनीमा आउँदा पनि उनको हातमा यो ब्रासलेट थिएन र पार्टीको समयमा पनि थिएन। अर्का फ्यानले लेखेका छन्, ‘आमिरको हातमा भाइजानको ब्रासलेट। तेस्रो फ्यानले लेखेका छन्, ‘आमिर आफ्नो लुगामा धेरै पैसा खर्च गर्दैनन्।’

बाल्यकालमा सलमान पिताको ब्रासलेटसँग खेल्थे
सलमानका पिता तथा लेखक सलिम खानले उनलाई आफ्नो बहुमूल्य ब्रासलेट दिएका थिए। जब सलमान सानो थिए, उनलाई सलिमको यो ब्रासलेटसँग खेल्न मन पर्थ्यो। त्यसैले सलिमले उनलाई यो ब्रासलेट सदाका लागि दिए, त्यसैले भाइजानलाई त्यो ब्रासलेट निकै प्रिय छ।

इदमा सलमान र आमिरको मित्रता
सलमानले इदको अवसरमा फोटो सेयर गर्दै फ्यानलाई बधाई दिएका छन्। तस्बिरमा आमिर खान पनि उनीसँग पोज दिइरहेका छन्। पोस्ट सेयर गर्दै सलमानले लेखेका छन्, ‘चाँद मुबारक।’ 

सलमान र आमिरको यो तस्बिर देखेर फ्यानलाई  ‘अंदाज अपना अपना’का अमर र प्रेमको जोडी सम्झेका छन्। कमेन्टमा फ्यानले उनीहरूलाई फिल्ममा सँगै काम गर्न आग्रह गरेका छन्। तस्बिर/समाचार : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .