ad ad

कला


जस्टिन बिबर लाइम रोगबाट पीडित

जस्टिन बिबर लाइम रोगबाट पीडित

नेपालखबर
पुस २४, २०७६ बिहिबार ११:४३,

यसअघि आफ्नो परिवारलाई समय दिनका लागि केही समय संगीतबाट टाढा हुने उद्घोष गरेका जस्टिन बिबरले हालै आफूलाई लाइम रोग लागेको खुलासा गरेका छन्।

इन्स्टाग्राममार्फत बिबरले आफू लाइम रोगबाट ग्रस्त भएको बताएका हुन्। २५ वर्षीय जस्टिनले इन्स्टामा भनेका छन्,‘केही समययता मेरो जीवन गतिरोधबाट गज्रिरहेको छ।’

यसअघि उनको छालामा इन्फेक्सन भएको देखिएको थियो। लागूपदार्थका कारण जस्टिनमा समस्या उत्पन्न भएको भनेर हल्ला चलेको थियो।

जस्टिनले आफूलाई सानो माकुरा र किर्नाले टोकेर लाग्ने रोग लाइम रोग लागेको बताएका छन्। 

भाइरल इन्फेक्सन भएको बताएपछि यतिबेला जस्टिनलाई विश्वभरबाट उनका फ्यानहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

लाइम रोगले छाला, मस्तिष्कमा असर गर्दछ। जस्टिनले आफूले राम्रो उपचार पाइरहेको बताएका छन्।

पहिलेभन्दा अझ स्वस्थ भएर आउने उनले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .