नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री (बालकृष्ण खाँण) समेत पक्राउ परेपछि देशमा तरंग छाएको छ। भ्रष्टाचारमा संलग्न साना मात्र होइन, ‘ठूला माछा’समेत समातिएको भन्दै धेरैले खुसी व्यक्त गरिरहेका छन्।
यसै क्रममा गायक प्रकाश सपुतले पनि भ्रष्टाचार सम्बन्धमा आफूले २ महिनाअघि लेखेको गीत सम्झेका छन्।
त्यो गीतका पंक्ति सामाजिक सञ्जालमा सेयर गर्दै प्रकाश सपुतले भनेका छन्, ‘अख्तियारको आग्रहमा २ महिनाअगाडि यो गीत लेख्दा मैले आफ्नै कलमलाई पत्याएको थिइनँ, अहिले युट्युबमा गीत र टीभीमा समाचार सँगै हेर्दै छु।’
गीत यस्तो छ–
साना माछा, ठूला माछा सबै बराबर
सबका निम्ति एउटै हुन्छ कानुनको नजर
आज होला रमाईरमाई कमाइ बढी बढी
कुनै दिन त लाग्ने छ है हातैमा हत्कडी
त्यसो त नेपालीलाई नक्कली भुटानी शरणाार्थी बनाई अमेरिका पठाउने भन्दै कराेडाैँ रकम असुलेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनी फरार छन्। आजै एमालेले उनलाई पार्टी सचिवको पदबाट निलम्बन गरेको छ।
Shares
प्रतिक्रिया