ad ad

कला


स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा

स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा

नेपालखबर
असोज १७, २०८१ बिहिबार १२:५, काठमाडौँ

दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको छ। स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्मले हलमा उत्साहजनक शो पाएको छ। 

यस फिल्मले देशभरिका हलबाट ३४० शो पाएको छ। जुन हालसम्मकै उच्च शो रहेको वितरण कम्पनी डिसियनले जनाएको छ। विदा त्यसमाथि सोलो रिलिज भएकाले फिल्मले राम्रो ओपनिङ गर्ने देखिन्छ।

काठमाडौंसहित मोफसलका हलहरुमा बिहानको अकुपेन्सी राम्रै छ। दिउँसो र बेलुकाको अकुपेन्सीमा पनि वृद्धि हुनेछ। अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्युले आक्रामक ओपनिङ गर्ने देखिन्छ।

यस फिल्ममा स्वस्तिमा र निश्चलसहित बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय छ।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ।

यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्।

सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .