ad ad

कला


नेफ्टा अवार्ड : उत्कृष्ण अभिनेताका लागि यी ५ जनाको प्रतिस्पर्धा

नेफ्टा अवार्ड : उत्कृष्ण अभिनेताका लागि यी ५ जनाको प्रतिस्पर्धा

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:५४, काठमाडौँ

नेफ्टा अवार्डको ११औँ संस्करणका लागि उत्कृष्ट ५ को मनोनय सूची सार्वजनिक गरिएको छ। सार्वजनिक मनोनय सूची हेर्दा उत्कृष्ट अभिनेताको प्रतिस्पर्धा निकै रोचक देखिएको छ।

उत्कृष्ट ५ अभिनेताको सूचीमा पुराना पुस्ताका दीपकराज गिरीदेखि नयाँ पुस्ताका प्रदीप खड्काबीचको प्रतिस्पर्धा हुने भएको छ।  

सर्वोत्कृष्ट अभिनेताको प्रतिस्पर्धामा दीपक र प्रदीपसँगै विपिन कार्की, दयाहाङ राई र अनमोल केसीले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धामा रहेका ५ जनै अभिनेताको बेग्ला बेग्लै क्रेज रहेका कारण पनि यो भिडन्त निक्कै रोचक देखिएको छ।

नेफ्टा अवार्डको ११ औँ संस्करण अमेरिकामा हुने भनिएको छ। नेफ्टा फिल्म अवार्ड चलचित्र प्राविधिक संघल गर्दै आएको छ।  यस अघिका संस्करण नेपालसहित मलेसिया, हङकङ, कतार र युएईको दुबइमा आयोजना गरिएको थियो।

नेपाली चलचित्रको बजारलाई अन्र्तराष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित नेफ्टा अवार्ड अमेरिकामा गर्न लागिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .