ad ad

राजनीति


प्रहरीलाई काम गर्न दिउँ, ढिलोचाँडो सबै समातिन्छन् : राजेन्द्र लिङ्देन

प्रहरीलाई काम गर्न दिउँ, ढिलोचाँडो सबै समातिन्छन् : राजेन्द्र लिङ्देन

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १७:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन्।

‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन। अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ। उसलाई काम गर्न दिऊ,’ उनले भने, ‘अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ,, स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिउँ। मलाई लाग्छ–ढिलोचाँडो यी सबै मानिसहरू तानिन्छन्। तानिनुपर्छ।’

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेका बेला उनले आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रहरीलाई सघाउनुपर्ने बताए। 

नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने स्पष्ट पारे।

अध्यक्ष लिङदेनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याए। सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि सरकारलाई सचेत समेत गराए।

‘कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। भोली बोलाइएको केन्द्रिय कार्य समिति बैठकमा खासगरी समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल हुनेछ। संगठनको भावी दिशाको बारेमा पनि छलफल गर्नेछौं,’ उनले भने, ‘मूलरुपमा यही विषयमा छलफल केन्द्रीत हुन्छ। हामीले यही जेठ ४ गते दिनको एक बजे बसन्तपुरमा खासगरी नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर जुन प्रकरण सृजना गरियो।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणको बिरोधमा यही जेठ ४ गते काठमाडौंको बसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ। सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरोधमा खवरदारी सभा गर्न लागिएको पनि अध्यक्ष लिङदेनले बताए।

यसैबीच, राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्न जेठ १ गते सोमबार (भोली) पार्टी केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .