पाँचौँ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुतिमा हुने अवार्डको पाँचौँ संस्करणका लागि आवेदन खुला भएको छ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ।
सगरमाथा म्युजिक अवार्डका चार संस्करण भव्य रुपमा सम्पन्न भइसकेको छ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ मूल नाराका साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखि चैतसम्म बजारमा आएका गीत/संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए। जुरी र भोटका आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताए।
सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीले सहभागी हुन सक्ने छन्।
अवार्डमा नेपाली गीत-संगीत क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ। गीत- संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ।
त्यस्तै एकजना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता पुरस्कारले सम्मान गरिने छ।
अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेबसाइटबाट भर्न सकिने आयोजक संस्थाले जनाएको छ।
Shares
प्रतिक्रिया