ad ad

कला


पुरूष सौन्दर्य प्रतियोगिता 'म्यान अफ दि इयर नेपाल २०२४' को उपाधि रुपन्देहीका कृष्ण न्युरेलाई

पुरूष सौन्दर्य प्रतियोगिता 'म्यान अफ दि इयर नेपाल २०२४' को उपाधि रुपन्देहीका कृष्ण न्युरेलाई

नेपालखबर
असोज १६, २०८१ बुधबार १३:४०, काठमाडौँ

पुरूष सौन्दर्य प्रतियोगिता 'म्यान अफ दि इयर नेपाल २०२४' को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन्।  

मंगलबार सम्पन्न प्रतियोगितामा उनले टाइटल हात पारे। पछिल्लो समय अमेरिका बस्दै आएका न्यूरे यो प्रतियोगिताको लागि नेपाल आएर अडिसनमा सहभागि भएका थिए।

ग्राण्ड फिनालेको लागि अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीबाट विजेता घोषित गर्दा 'टप फाइभ' छानिएको थियो ।      

विजेता बनेका न्यूरेले नगद पुरस्कार ७ लाख रुपैयाँ र विनर ट्रफी हात पारे भने थाइल्याण्डमा हुने 'म्यान अफ दि इयर' ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अबसर पनि आफ्नो पक्षमा पारेका छन्।

विजेतालाई कार्यक्रमका ब्राण्ड एम्बास्डर तथा निर्णायक अभिनेता अनुपबिक्रम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्विकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफी प्रदान गरे।

अन्तिम स्पर्धामा छनोट भएका पाँच जनामा मस्कुलिन म्यान अफ दि इयरको उपाधि उत्सव श्रेष्ठले पाए भने माइण्डफूल म्यान अफ दि इयरको उपाधि प्रविण आचार्यले पाउँदा मोडर्न म्यान अफ दि इयर अभिमन्यू खड्का, मास्टरली म्यान अफ दि इयर अनमोल भण्डारी र म्यानली म्यान अफ दि इयरको उपाधि विजेता बनेका कृष्ण न्युरेले नै हात पारे।

उत्कृष्ट २० मध्येको सव- क्याटेगोरीमा मस्ट ट्यालेन्ट प्रवेश डंगोल, पब्लिक च्वाइस् अनमोल भण्डारी, मस्ट फोटोजेनिक ऋतिक श्रेष्ठ र वेस्ट वाक विधामा इश्वर छत्कुली उत्कृष्ट घोषित भए। 

देशका विभिन्न प्रमुख शहरहरूमा सम्पन्न अडिसनबाट छनोट भएका सय बढि सहभागीमध्ये अन्तिम स्पर्धामा चुनिएकाहरूबीच मंगलबार आयोजक संस्था यू क्यान फ्लाई फेशन प्रालीले फाइनल राउण्डबाट विजेता टुंगो लगाएको हो।

कार्यक्रम सम्पन्न पश्चात कार्यकारी निर्देशक प्याकुरेलले नेपालको सर्वाधिक पुरस्कार राशी सहितको यो पहिलो प्रतियोगितालाई हरेक पक्षबाट सफल बनाउन सघाउने सम्पूर्णमा धन्यवाद दिँदै यो प्रकारको सफलताले भोलीको दिनमा थप उत्कृष्ट कार्यक्रम गर्ने उर्जा प्रदान गरेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .