संगीतकार कालीप्रसाद बाँस्कोटा र उनको साथीभाइ ब्यान्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन्। लाउन्जको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कालीप्रसादले आफ्ना पुरानादेखि नयाँ गीत सुनाए।
पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा उनले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायत गीत सुनाए। लाउन्जले वार्षिकोत्सवमा कालीप्रसादको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफुल भएको थियो।
कालीप्रसाद नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अस्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन्।
लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पूरा गरेकोमा खुसी व्यक्त गरे। पोखरामा किङ्ग्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ।
कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कार दिइएको थियो।
Shares
प्रतिक्रिया