कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘सत्यप्रेम की कथा’को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरको पहिलो हाफ रमाइलो र दोस्रो हाफ भावुक छ। समीर विध्वंशद्वारा निर्देशित फिल्ममा कार्तिकले सत्यप्रेम नामको गुजराती केटाको भूमिका निभाएका छन्, जो सकेसम्म चाँडो विवाह गर्न चाहन्छन्।
कियारा उनको प्रेमीका (कथा)को भूमिकामा देखिनेछिन्। यो म्युजिकल फिल्मको ट्रेलर ड्रामा, रोमान्स, इमोशन र संगीतले भरिपूर्ण छ।
सत्यप्रेमले कथालाई तिमी अविवाहित छौँ भनेर सोधेपछि फिल्मको कथा सुरु हुन्छ। यी दुवै एकअर्काको प्रेममा पर्छन्, र उनीहरुको विवाह पनि तय हुन्छ। यहाँ एक ट्विस्ट आउँछ जुन ट्रेलरमा खुलाइएको छैन। कार्तिक र कियाराको जोडीलाई दर्शकले निकै रुचाएका छन्।
साजिद नाडियाडवालाको ब्यानरमा बनेको फिल्ममा कार्तिक र कियाराका साथमा गजराज राव, सुप्रिया पाठक, राजपाल यादव लगायतका कलाकारले अभिनय गरेका छन्। यसअघि गत वर्ष रिलिज भएको सुपरहिट फिल्म ‘भूल भुलैया २’मा कार्तिक र कियारा पहिलो पटक सँगै देखिएका थिए।
Shares
प्रतिक्रिया