आगामी असार १५ गतेदेखि रिलिज हुने फिल्म ‘परस्त्री’को पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री शिल्पा मास्केलाई देखाइएको छ। जहाँ उनका आँखामा पट्टी लगाइएको छ भने हात डोरीले बाँधिएका छन्।
इरोटिक थ्रिलर जनारामा निर्माण भएको फिल्ममा शिल्पाका साथमा कोसिस क्षेत्री र गौरव विष्ट पनि शीर्ष भूमिकामा देखिने छन्।
फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन्। फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारी छ।
फिल्मलाई भारतीय हलमा प्रदर्शनका लागि तयारी गर्न निर्देशक र निर्माताको टोली मुम्बई पुगेको छ।
फिल्मको ‘माया बस्यो तिमीसँग’ बोलको गीत हिन्दी भाषामा ‘होना था जो होने लगा’ बोलमा बनाइएको छ।
39
Shares
प्रतिक्रिया