निर्देशक मनोज पण्डितले 'ग्रेटर नेपाल' बनेको झण्डै २ दशकपछि त्यसको नयाँ शृंखला बनिरहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राखेपछि आफ्नो वृत्तचित्र बनेको १८ वर्षपछि त्यसको प्रभाव देखिन थालेको बताउँदै नयाँ शृंखलाको घोषणा गरेका हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत् विगत ६ वर्षदेखि 'ग्रेटर नेपाल-अस्तित्व को संघर्ष' बनिरहेको जानकारी उनले दिएका छन्।
काठमाडौंका मेयर शाहले ग्रेटर नेपालको प्रभावमा बालेनको आँट देखिएको बताउँदै उनले उक्त जानकारी गराएका हुन्।
माओवादी सशस्त्र जनयुद्धताका शुट गरिएको उक्त वृत्तचित्र २०६० सालमा प्रदर्शनमा आएको थियो। 'ग्रेटर नेपाल' वृत्तचित्रले प्राचीन खस र किराँत कालदेखि विशाल रहेको नेपालको इतिहासबारे बोल्छ।
पण्डितले लक्ष्य, दासढुंगा, वधशाला, एक, खाग, छायाँलगायतका चलचित्र निर्देशन गरेका छन्।
Shares
प्रतिक्रिया