ad ad

कला


अदालतले आदेश दिए पनि चलचित्र संघले ‘आदिपुरुष’ फिल्म नचलाउने

अदालतले आदेश दिए पनि चलचित्र संघले ‘आदिपुरुष’ फिल्म नचलाउने

नेपालखबर
असार ८, २०८० शुक्रबार २१:३४, काठमाडौँ

उच्च अदालत पाटनले सबै भारतीय फिल्म प्रदर्शन गर्न पाउनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि नेपाल चलचित्र संघले विवादित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ भने प्रदर्शन नगर्ने निर्णय गरेको छ। 

सो फिल्ममा रामायणकी सीताको जन्मभूमि भारत दाबी गरिएको संवाद रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि आफ्नो नगर क्षेत्रभित्रका हलमा सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएपछि चलचित्र संघले प्रदर्शन गर्न पाउनुपर्ने माग राखी उच्च अदालत पाटनमा रिट निवेदन हालेको थियो। यसमा हिजो बिहीबार सुनुवाइ गर्दै त्यसरी फिल्म प्रदर्शन रोक्न नमिल्ने भनी अल्पकालीन आदेश जारी गरेको छ। सोही आदेशबमोजिम चलचित्र संघले काठमाडौं महानगरसहित देशभर ‘आदिपुरुष’बाहेकका भारतीय फिल्म चलाइने शुक्रबार विज्ञप्ति जारी गरेर जानकारी गराएको हो। 

‘श्री उच्च अदालत पाटनले मिति २०५०/०३/०७ गते विपक्षीहरूको नाममा हिन्दी एवम् अन्य चलचित्रहरु प्रदर्शन गर्न बाधा नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको बेहोरा सबैमा जानकारी गराउन चाहन्छु’, संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही आदेशलाई पालना गर्दै अर्को आदेश नभएसम्म हिन्दी चलचित्र ‘आदिपुरुष’बाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरू आजैका मितिदेखि नेपालभर प्रदर्शन गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .