ad ad

कला


मधेशका आठै जिल्लामा जातीय छुवाछुतविरुद्ध सडक नाटक

मधेशका आठै जिल्लामा जातीय छुवाछुतविरुद्ध सडक नाटक

नेपालखबर
असार ११, २०८० सोमबार २०:३०, काठमाडौँ

मधेश प्रदेशका आठ जिल्लामा जातीय छुवाछुतविरुद्धको सडक नाटक प्रदर्शन भइरहेको छ।

जातीय छुवाछुतविरुद्धको जनचेतनामुलक सडक नाटक सिराहा, सप्तरी, राजविराज, सर्लाही, रौतहट, बारा, पर्सा र महोत्तरीमा नाटक प्रदर्शन गरिएको छ।

अब धनुषाका विभिन्न ठाउँमा नाटक प्रदर्शन हुने बताइएको छ।

मुख्यमन्त्री छुवाछुतविरुद्ध जनचेतना अभियानअन्तर्गत शिक्षा तथा समाज कल्याण मन्त्रालय र दलित विकास समितिको कार्यालय मदेश प्रदेशले असार ३ गतेदेखि सडक नाटक प्रदर्शन गरिरहेको हो।

नाटकमा विजया लक्ष्मी फाउण्डेशनको सहकार्य तथा प्रस्तुति गरेको छ।

आठ जिल्लाको चालीस स्थानमा प्रदर्शन गरिएको जातीय छुवाछुतमा आधारित उक्त सडक नाटकको लेखन तथा निर्देशन सन्तोषलाल दास गरेका हुन्। नाटकमा कलाकारहरू दिलिप घिसिङ, पुनित मण्डल, रोहित साह, रुवि मण्डल, प्रतिमा देवी, अलिशा साह, अञ्जली साह रहेका छन्। नाटकको व्यवस्थापक प्रिती झा र सहयोगी बुधेश्वर र आशुतोष झाले गरेका हुन्।

राज्यका नीति नियम र कानुनले वर्जित गरेपनि समाजमा अहिले पनि जातीय छुवाछुत रहेकाले उक्त नाटक गरिएको आयोजकले बताएको छ। शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादवले यस सडक नाटकले जातीय छुवाछुतकोविरुद्धमा जनचेतना जगाउन अत्यन्तै प्रभावकारी भुमिका खेलेको बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .