चलचित्र विकास बोर्डले १५ दिनअघि नै सेन्सर गरेर मात्रै विदेशी चलचित्र चल्न दिने निर्णय गरेको छ।
बोर्डले विदेशी चलचित्र १५ दिनअघि नै जाँचपास गर्नुपर्ने निर्णय गरी उक्त निर्णय कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ। असार ७ गतेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
दक्षिण भारतीय चलचित्र आदिपुरुष प्रदर्शनपछि उठेका राष्ट्र, राष्ट्रियता, संस्कृतिलगायत विषयमा सवाल उठेपछि चलचित्र जाँच र प्रदर्शनलाई थप व्यवस्थित बनाउन उक्त निर्णय गरिएको बोर्ड अध्यक्ष भूवन केसीले बताएका छन्।
18
Shares
प्रतिक्रिया