वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ। आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो।
मुभी पोइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेल मिलेर निर्देशन गर्दै छन्। सिरिजको सम्पूर्ण छायांकन काठमाडौंमा गरिनेछ।
वेब सिरिजमा अभिनेता रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकरराज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनीषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बाल कलाकार एलेक्स खड्काले अभिनय गर्नेछन्।
निर्देशक राउत र कट्टेलको लेखन रहने वेब सिरिजमा दीपेन्द्र हमालको मेकअप, श्याम केसी प्रोडक्सन, दिनेश कार्की सहायक निर्देशक, शृंखला निर्देशक कुलदीप शर्मा, भीएफएक्स सत्यम राणा, कलर राजेन्द्र मोक्तान, ब्याक्ग्राउन्ड म्युजिक प्रमोद परियार, द्वन्द्व निर्देशक देव महर्जन, छायांकन लक्ष्मण घिमिरे तथा सम्पादनको जिम्मेवारी बन्दे प्रसादले सम्हाल्ने छन्।
Shares
प्रतिक्रिया