ad ad

कला


ठूलीलाई पालाम लाइफ टाइम अचिभमेन्ट अवार्ड

ठूलीलाई पालाम लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपालखबर
साउन १, २०८० सोमबार १२:५६, काठमाडौँ

फाल्गुनन्द लिङ्देन फिल्मको आयोजनामा फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त ‘एफएलएफ अवार्ड २०८०’ सम्पन्न भएको छ।

कला निर्देशकमा विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरियो।

राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रिता फोम्बो ठूलीलाई दिइएको छ।  पालाम भिडिओबाट मोडल पुष्पाञ्जली लिम्बु, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जीवन केदेम, डीआर हाङसरुम्बा, गायिका रुक्साना लिम्बु, निरन्ता नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावालाई अवार्ड दिइयो।

पालाम विधामा हाङ चेम्जङ र म्युजिक भिडिओबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जिते। छायांकन सम्पादनको अवार्ड बीबी लिम्बुले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडिओतर्फ ‘रीत’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे। 

अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टिकाराम लिम्बु, गायीका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टिकाराम लिम्बु माखिमले अवार्ड जिते। 

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .