अभिनेता प्रदीप खड्काले आफ्नो फिल्म ‘प्रेम गीत ३’ रिलिजताका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरे। केसीले आफ्नो फिल्मलाई बाइपास गरेको आरोप प्रदीपको थियो।
मिडियामा बेलाबेला यो कुरा आइरहन्छ। अध्यक्ष केसीले पछिल्लो समय यही विषयमा खड्कालाई अग्रजको सम्मान गर्न सुझाव दिएका छन्।
ग्लोबल नेपाल फिल्म अवार्डमा सहभागी हुन अमेरिका पुगेका केसीले त्यहाँ अन्तर्वार्ताका क्रममा प्रदीपलाई अग्रजको सम्मान गरे भविष्य अझै उज्ज्वल हुने बताएका हुन्।
अभिनेता केसीले भनेका छन्, ‘प्रदीपले आफ्नो सिनियरहरूलाई रेस्पेक्ट गरेर अगाडि बढ्नुभयो भने अझ उहाँको उज्ज्वल भविष्य हुन्छ भन्ने मलाई लाग्छ। मेरो तर्फबाट सधैँ उहाँलाई शुभकामना रहन्छ।’
मन दुखे पनि आफूले आफ्ना अग्रजको कहिल्यै अपमान नगरेको पनि केसीले बताएका छन्।
267
Shares
प्रतिक्रिया