ad ad

कला


गीतकार उपचार कोष सहयोगार्थ सांगीतिक कार्यक्रम

गीतकार उपचार कोष सहयोगार्थ सांगीतिक कार्यक्रम

नेपालखबर
साउन ३१, २०८० बुधबार १२:१९, काठमाडौँ

गीतकार उपचार कोषलाई सहयोगार्थ गीतकार संघ नेपालले यही भदौ १ गते शुक्रबार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दैछ।

‘नेपाली गीति लेखनलाई यहाँसम्म ल्याउने र अगाडि बढाउन गीतकार संघ नेपालले राष्ट्रिय श्रष्टा सम्मानबाट सम्मानित गीतकारहरुको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गर्न लागेको हो।

गीतकारहरुका लागि गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्न लागिएको संघका महासचिव टीका राई ‘शिव’ले बताए।

उक्त सांगीतिक कार्यक्रममा गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजासहित गायक गायिकाहरुले गाउने गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले बताए।

उक्त सांगीतिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यता रहने छ।

कार्यक्रमा रत्न शम्शेर थापाद्वारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन, नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु गाउने अध्यक्ष थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .