ad ad

कला


महोत्सवमा सुनिए अग्रज कविका अनुभवी कविता

महोत्सवमा सुनिए अग्रज कविका अनुभवी कविता

तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १५:९, काठमाडौँ

‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’ कवितामय बनेको छ। महोत्सवको दोस्रो संस्करणको पहिलो दिन भएको ‘अभिभावकीय कवितावाचन’ मा डेढ दर्जन कविहरुले कविता वाचन गरे।

सुरुमा अशेष मल्लले ‘एउटा कृष्णको आगमन म पर्खिरहेछुु’ को शीर्षकमा कविता सुनाए। यो कविता उनको प्रकाशित कविता संग्रह ‘निरन्तर निरन्तर’मा समावेश छ। मञ्जु काँचुलीले ‘वर्तमान सम्बन्ध’, एसपी कोइरालाले ‘याद राखे साइला’ र कृष्ण बाउसेले प्रेमसम्बन्धी ‘कस्तो कमजोर रहेछ मान्छे’ शीर्षकमा कविता सुनाए।

त्यसै गरी, कार्यक्रममा कृष्ण प्रसाई, गोपाल पराजुली, बेन्जु शर्मा, तुलसी दिवस, युवराज अधिकारी, राधेश्याम लेकाली, लक्ष्मी माली, शैलेन्दु प्रकाश नेपाल, विण्णु विभू घिमिरे, विश्वभीमोहन श्रेष्ण, शैलेन्द्र साकार, हरि मंसाग्नी, पवन अशोक, स्नेह सायमीले विभिन्न शीर्षकमा कविता सुनाए।

कविता वाचन गर्ने कविहरुलाई आयोजकको तर्फबाट मायाको चिनो पनि दिइएको थियो। कार्यक्रमको सहजकर्ताको भूमिका दीप दर्पणले निर्वाह गरेका थिए।

आजबाट सुरु भएको कलिङ साहित्य महोत्सव आइतबारसम्म चल्नेछ। यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवाद साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .