ad ad

कला


१० करोड लगानीमा तयार भयो हल, ‘जवान’ रिलिज गरेर शुभारम्भ गर्दै दीपक-दीपा

१० करोड लगानीमा तयार भयो हल, ‘जवान’ रिलिज गरेर शुभारम्भ गर्दै दीपक-दीपा

नेपालखबर
भदौ १७, २०८० आइतबार ८:२९, काठमाडौँ

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा निर्माण कार्य सुरु भएको फिल्म हलको निर्माण पूरा भएको छ। 

बानेश्वरमा निर्माण सम्पन्न भएको हल यहि भदौ २१ गतेबाट सञ्चालनमा आउने छ। नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ रिलिजसँगै हलको औपचारिक सुरुवात गर्ने दीपक–दीपाको तयारी छ।

दीपक–दीपाले लगानी गरेको हलको लागत १० करोड पुगेको छ। २ पर्दा भएको यो हलमा एकैपटक ४ सय दर्शकले फिल्म हेर्न सक्छन्। 

एनबी सेन्टरको पाँचौ र छैटौं तलामा यो हल तयार भएको छ। 

प्राइम लोकेशन, आरमदायी सिट, ध्वनी र दृश्यको गज्जबको समायोजन, अत्याधुनिक एटमस साउण्डका कारण हलले चाँडै पिकअप लिने दीपक–दीपाको विश्वास छ। 

दुबै हलमा ‘थ्रीडी’ फिल्म पनि हेर्न मिल्नेछ। यो हलको व्यवस्थापन भने आइएनआईले गर्नेछ। 

बलिउडको मारमा नेपाली फिल्म पर्ने गरेका छन्। दीपकले आफ्नो हलमा भने नेपाली फिल्मलाई नै प्राथमिकता दिने बताएका छन्। हलको काममा व्यस्त हुँदा नयाँ फिल्मको स्क्रिप्टमा बस्न नपाएको पनि दीपकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .