नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको जानकारी दिएको हो।
यो फिल्म बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा छ। फिल्मका निर्माता आमोल राई टोरन्टो उड्ने तयारीमा छन्। यही बेला फिल्म बुसान छनोटमा पर्नुले नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्ने कोसेढुंगाको काम गर्ने राइले बताए।
बुसानले फिल्मको प्रदर्शन मिति भने उल्लेख गरेको छैन। यद्यपि, अक्टोबर ७ देखि १३ सम्ममा फिल्मको एसिया प्रिमियर हुने निर्माता राईले जानकारी दिए। बुसानमा कलाकार, निर्माता र निर्देशकले सहभागीता जनाउने तयारी भइरहेको छ।
गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्ने यो फिल्ममा दयाहाङ राई, पशुपति राईलगायत कलाकारले अभिनय गरेका छन्। उक्त फिल्म भोजपुर, संखुवासभा र धरानमा छायांकन गरिएको हो।
Shares
प्रतिक्रिया