ad ad

कला


‘जवान’ देखाएर इटहरीमा खुल्यो क्यूएफएक्स सिनेमा

‘जवान’ देखाएर इटहरीमा खुल्यो क्यूएफएक्स सिनेमा

नेपालखबर
भदौ २१, २०८० बिहिबार २१:३०, काठमाडौँ

इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आज (भदौ २१ गते) देखि आरएस सिनेफ्लिक्ससँग सहकार्य गर्दै क्वेस्ट नेपालले क्यूएफएक्सको मल्टिप्लेक्स सिनेमाहल विस्तार गरेको छ। 

बिहान ९ बजे आमन्त्रित भीआईपी पाहुना र संचारकर्मीहरुलाई आजैदेखि रिलिज गरिएको हिन्दी सिनेमा ‘जवान’ देखाएर क्यूएफएक्सको शुभारम्भ गरिएको थियो।

कार्यक्रममा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रालिको लगानीमा रहेको यो हललाई क्वेस्ट नेपालले व्यवस्थापन गर्ने बताइएको थियो।

मल्टिप्लेक्स हल व्यवस्थापनमा आफूलाई अब्बल साबित गरेको क्वेस्टले इटहरीमा पनि अन्य हलमा झैं आरामदायी सिट,अत्याधुनि साउन्ड सिस्टम, टू डी र थ्रि डी स्क्रिन सहित नविनतम प्रोजेक्सन प्रविधिले दर्शकको मन लोभ्याउने बताइएको छ।

नेपालमा मल्टिप्लेक्स सिनेमाको स्वाद चखाउन आक्रामक रुपमा देशव्यापी रुपमा हल विस्तार गरिरहेको टिम क्वेस्टले इटहरीमा खोलेको यो १२औं हल हो।

क्वेस्टले अहिलेसम्म उपत्यका बाहिर सात ओटा क्यूएफएक्स हल खोलिसकेको छ भने देशभर २८ वटा पर्दामा अत्याधुनिक प्रविधिबाट विश्वभरीका सिनेमा देखाउँदै आएको छ। इटहरीको मल्टिप्लेक्समा भने दुईवटा पर्दा रहने बताइएको छ। 

‘क्यूएफएक्स सिनेमा भन्नासाथ सिनेपारखीहरुले अत्याधुनिक प्रविधि, राम्रो भौतिक पूर्वाधार, स्तरीय फूडकोर्ट र सिनेमा हेर्ने स्तरीय वातावरण भनेर बुझ्दछन्,’ टिम क्वेस्टका महाप्रबन्धक प्रशंसा पाण्डे भन्छिन्, ‘हामीले सेवाकालदेखि नै दर्शकको सन्तुष्टिलाई केन्द्रमा राखि आफ्ना सेवा दिइरहेको छौं। हाम्रा कर्मचारीहरुका आतिथ्यसेवालाई उत्कृष्ट बनाउने अभ्यास गरिरहेका छौं। त्यसैले पनि क्यूएफएक्स सिने क्षेत्रमा अब्बल ब्राण्डको रुपमा स्थापित हुनसकेको छ।’

सिनेफ्लिक्सका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठ र टिम क्वेस्टकी मार्केटिङ अफिसर तृप्ती गिरी। तस्वीर : उपेन्द्र चाम्लिङ।

पूर्वी नेपालको व्यावसायिक केन्द्र इटहरीमा यहाँका स्थानीयले मात्र नभई घुम्न आउने पर्यटकहरूले पनि अत्याधुनिक प्रविधिले युक्त हलमा सिनेमा हेर्न पाउने भएकोले यसलाई आफुले असाध्यै सुखद रुपमा लिएको आरएस सिनेफ्लिक्सका प्रवन्ध निर्देशक सिद्धार्थ श्रेष्ठको भनाइ थियो। 

क्यूएफएक्स सिनेमा हेर्न काउण्टरमै गई टिकट काटिरहनु पर्दैन। 

अनलाइनबाटै अङ्ग्रेजी, हिन्दी र नेपाली फिल्मका टिकट किन्न सकिने जानकारी गराइएको थियो। क्यूएफएक्स क्लब लोयल्टि प्रोग्राम पनि राखिएको क्यूएफएक्सको नयाँ मोबाइल एपबाट यी सबै कार्य सम्पादन सहज तरिकाले सम्पन्न हुनेछन्।

साथै, खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .