बलिउड अभिनेता शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘जवान’ को सफलतापछि शुक्रबार आफ्ना फ्यान र मिडियासँग कुराकानी गरेका छन्।
मुम्बईको यशराज स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो फिल्मको लामो र कठिन निर्माण प्रक्रियाबारे जानकारी दिए।
समाचार एजेन्सी पीटीआईका अनुसार शाहरुख खानले भने, ‘यो विरलै हुन्छ कि जब हामी फिल्मसँग वर्षौंसम्म बाँच्छौं। ‘जवान’ चार वर्षदेखि निर्माणमा थियो। पक्कै पनि यो कोरोना र समयको अभावले भएको हो।’
यस चलचित्रको सफलताको श्रेय प्राविधिकहरुलाई दिँदै उनले भने, ‘यो चलचित्रको वास्तविक नायक र नायिका भनेका प्राविधिक नै हुन्, जसले चार वर्ष लगाएर बनाएका छन्।
उनका अनुसार, ‘यस फिल्ममा धेरै मानिस संलग्न छन्, खासगरी दक्षिण भारतबाट आएर मुम्बईमा बसोबास गर्ने मानिसहरू। उनीहरू पछिल्लो चार वर्षदेखि मुम्बईमा बसेर यस फिल्मका लागि दिनरात काम गरे।’
‘जवान’ गत साता रिलिज भएको थियो। निर्माताका अनुसार यसले अहिलेसम्म विश्वभर ७ सय करोडभन्दा बढी कमाइसकेको छ।
शाहरुख खान बोलेको भिडिओ–
VIDEO | Actor @iamsrk speaks at an event organised to celebrate the success of his latest film 'Jawan' in Mumbai. pic.twitter.com/TxDZvoKwQd
— Press Trust of India (@PTI_News) September 15, 2023
Shares
प्रतिक्रिया