रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको छ।
सिनेमाको शुभ मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए।
सिनेमाको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेदेखि ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ। दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ।
बाँसुरी फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशामा आधारित हुनेछ।
आगामी नयाँ वर्ष २०८१ को मा सिनेमा प्रदर्शन गरिने घोषणा गरिएको छ।
147
Shares
प्रतिक्रिया