फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा मुद्दा दर्ता गराएका छन्।
गत भदौ १२ गते राष्ट्रपति कार्यलयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब बनाइएको भन्दै ‘प्रकाश’को टिम अदालत गुहार्न पुगेको हो।
रिट निवेदनमा जुरी कमिटीले गरेको निर्णयको सक्कल झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गरिनुपर्ने माग समेत गरिएको छ।
फिल्मको टिमले निवेदन दिएपछि शुक्रबार (आज) बिहान ११ बजे अदालतमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।
अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने विषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
Shares
प्रतिक्रिया